Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मध्यराती भत्कियो घरः एकै परिवारका ३ जना घाइते

कृष्ण प्रसाद अधिकारी
भाद्र २२ दुल्लु दैलेख ।

दुल्लु नगरपालिका वडा न ४ स्थित शान्तिबजारमा भाद्र २२ गते मध्यराति घर भत्किदा एकै परिवारका ३ जना घाइते भएका छन् । घर भत्किइपछि लाखौको क्षति भएको छ ।


राती करिब १ बजेको समयमा कर्ण बहादुर कार्कीको ३ तले ६ कोठे घर भत्किदा घरमा सुतिरहेका कार्कीका १३ बर्षीय छोरा आशिष कार्की सख्त घाइते भएका छन् भने २ बर्षिय छोरा आर्दश र आमा कमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।


घर पुर्ण रुपले क्षति भएको र घरमा भएका धनमाल, लत्ता कपडा लगायत सम्पूर्ण सामानमा क्षति भएको प्रहरकिो भनाई छ । वर्षातको कारणले घर चर्किएको भएपनि यसरी भत्केला नै भन्ने लागेको थिएन भन्छन् कार्कीका छिमेकी शेर बहादुर बिक । घर भित्र के कति समानहरु थियो भन्ने बारेमा क्षतिको पुर्ण बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।