Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

भगवतिमाईमा समाज सुधार युवा क्लव गठन

कृष्ण प्रसाद अधिकारी

भगवतिमाइ दैलेख

दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ४ मा वडा स्तरिय समाज सुधार युवा क्लव गठन गरीएकोे छ ।

समाजमा रहेका हरेक कामलाई एक जना ब्यक्तिको पहलमा केही हुन नक्ने भएकोले समाजमा भएका बिकृति बिसंगति बिरुद्ध आवाज उठाउँन तथा गाउँपालिकामा हुने गरेका हरेक कामलाई सहज बनाउँन तथा गाउँमा भएका सामाजिक काममा युवाको सहभागिता जनाउने उद्देश्य राखी भगवतिमाई गाउँपालिका वडा नं ४मा जनप्रतिनिधिहरुलाई बोलाएर वडा अध्यक्ष कृष्ण बहादुर थापाको सहभागितामा समाज सुधार युवा क्लव गठन गरीएको हो ।

उक्त युवा क्लवको अध्यक्ष टोपेन्द्र केसि.,उपाध्यक्ष मैनसरा वली, कोषाध्यक्ष पृथ्वी बहादुर रोकाय, सचिव खड्क प्रसाद अधिकारी सहसचिब टिका अधिकारी सदस्यमा दिनेश बि.सि, दुर्ग प्रसाद अधिकारी, प्रतिभा थापा, केसर के.सी सबिता शाही र मिलन बिश्वकर्मा हुने गरी साबिकको जगनाथ गाबिसका ९ वटै वडा बाट सहभागी हुने गरी ११ सदस्य भगवतिमाई समाज सुधार युवा क्लब जगनाथ गठन गरीएको छ ।