Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

गजल – मुना आत्रेय

हराउनु अनि फेरि, जिताउनु नियति हो।
एकै झल्को देख्दा मन, पराउनु नियति हो।।

Image may contain: 1 person, smiling, closeup

मैले बन्द खाम भित्र, पठाएको थिएँ याद।
हूलाकीले अर्कै हातमा, थमाउनु नियति हो।।

कयौँ रात सपनीमा, देश बोकी हिंडेको छु।
झल्को आई यति साह्रो, दुखाउनु नियति हो।।

भोको पेट, चिसो चुल्हो, तिमीले’नि बुझेका छौ।
टाढिएर बस्न बाध्य, बनाउनु नियति हो।।