खरालले मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाए कार
सुर्खेत ७ मङ्सिर |
पश्चिमको पञ्चपुरी नगरपालिका–९ विद्यापुरका दर्पण खरालले मोटरसाइकलको इन्जिन प्रयोग गरी कार बनाएका हुन् । ‘बग्गी’ नाम दिइएको उक्त कार महिनाको मेहनतपछि निर्माण गर्न सफल भएका हुन् । ‘दसैं–तिहारमा विद्यालय छुट्टी थियो, त्यही छुट्टीको समयमा कार निर्माण गरें’, दर्पणले भने, ‘सबैको सहयोग पाए भविष्यमा प्यारामोटर (उड्ने गाडी) बनाउने योजना छ ।’ उनले कारमा मोटरसाइकलका इन्जिन प्रयोग गरेका छन् । उनले भने, ‘सबै इन्जिन नेपालमै उपलब्ध भए ११ लाखमै कार निर्माण गर्न सकिन्छ ।’
मोटरसाइकलका इन्जिनहरु, पुराना टायरहरु, फलामका सामग्रीहरु प्रयोग गरिएर निर्माण गरिएको कारले पूर्ण आकार भने पाइसकेको छैन । कार बनाउन करिव तीन लाख खर्च भएको दर्पणले बताए ।
प्रविधिप्रति सानैदेखिको लगाप र युटुबको सहायताले कार बनाउन सफल भएको उनको भनाइ छ । दर्पणले यसअघि पनि विभिन्न सामग्री निर्माण गरेको बताएका छन् । केही महिनाअघि रिमोट अन्ट्रोलर कार, अटो अनअफ लाइट (रातीमा आफैं बल्ने र दिउँसोमा अफै निभ्ने बत्ती) र पानीको उचाई नाप्ने यन्त्रसमेत बनाएको जानकारी दिए । १७ वर्षका दर्पण वीरेन्द्रनगर–८ खजुरास्थिते विद्याज्योती सहकारी विद्यालय कक्षा १० मा अध्ययन छन् ।






