अवैध मदिरा नष्ट
सुर्खेत २ पौष ।
वीरेन्द्रनगर स्थित नगर प्रहरीले अवैध रुपमा उत्पादन गरिएको र विक्री वितरणका लागि राखिएको मदिरा नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, ७ र ८ मा लुकाइ छिपाई राखिएको मदिरा विभिन्न समयमा नियन्त्रणमा लिएको जनाएको छ । नगर प्रहरी प्रमुख सई ढुण्डीराज अधिकारीका अनुसार २ सय २ लिटर अवैध मदिरा नष्ट गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेल र वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धर तथा स्थानीयहरुको रोहवरमा नष्ट गरिएको हो ।

नगरप्रहरी प्रमुख सई अधिकारीले अवैध रुपमा कसैले पनि मदिरा जन्य पदार्थको उत्पादन विक्री वितरण गर्नु कानून विपरित भएकोले यस्तो कार्य नगर्न आग्रह गर्नुभएको छ ।







