Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

उपचारमा सहयोगको याचना

पौष १६ सुर्खेत ।
कालिकोटको एक परिवारले सहयोगको याचना गरेको छ । रुखबाट लडेपछि गम्भीर घाइते भएका कालिकोट पचालझरना गाउँपालिका–१ का नेत्र खड्कालाई उपचारमा आर्थिक समस्या देखिएपछि उनकी छोरी सदिक्षा खड्काले सहयोगको अपिल गरेकी छन् । चार हप्तादेखि काठमाडौंको न्युरो अस्पतालमा आइसियु कक्षमा बेहोस रहेका खड्कालाई जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पु¥याएका छोरी सदिक्षाले बताइन् ।

तस्वीरः न्युरो अस्पतालमा उपचाररथ नेत्र खड्का । तस्वीरः पारिवारिक स्रोत

एउटा सल्यक्रिया गरेर सातलाख रकम खर्च भएको र चिकित्सकले अर्को सल्यक्रिया समेत गर्नेपर्ने भनेकाले परिवारले आर्थिक सहयोगका लागि सबैसँग याचना गरेको छ । बाबुको हेरचाहमा साथमै रहेकी छोरी सदक्षा खड्काले घरमा भएको र आफन्तबाट आएको सहयोगले एकपटक अप्रेशन गरेपनि अर्को अप्रेशनका लागि लाग्ने खर्च जुटाइदिन सबैसँग अपिल गरेकी छन् । उनले आफ्ना बाबालाई बचाइदिन आग्रह गरेकी छिन् ।
टाउकोमा गम्भीर चोटका कारण एउटा हड्डी नै बचाउनका लागि खड्काको पेटमा राखएिको छ । एकपटक टाउकोको एउटा सल्यक्रिया हुँदा धेरै खर्च भएको र आगामी उपचारका लागि आर्थिक अभाव भएको सदक्षाको भनाइ छ ।

खेतीकिसानी गर्ने नेत्र खड्काको बलियो आर्थिक स्रोत केही छैन । पाँच छोरी र छोरा गरी ६ सन्तान भएका खड्का परिवारले जिल्लादेखि राजधानीसम्म सबैसँग सहयोगको याचना गरेको छ । यस्तै उपचारकै लागि कालिकोटबाट साथमा आएका उनका भतिजा सरोज खड्काले आर्थिक स्रोत जुटाउन दौधुप गरिरहेका छन् ।

कसैले सहयोग गरिदिएको खण्डमा आफ्नो बाबालाई बचाउन सकिने भन्दै सदिक्षा र सरोजले सबैसँग चिजान भएका सबै ठाउँमा गुहार मागिरहेका छन् । सहयोग गर्न चाहेने व्यक्तिले आफसँग सम्पर्क गर्न आग्रह गरेका छन् । उनको सम्पर्क मोबाइल नम्बर ९८४०२५३६५८ हो ।