Loading... आजः १८ बैशाख २०८३, शुक्रबार । Friday 1st May 2026
ताजा खबर
  

गजल – ज्वाला प्रसाद खनाल

तिमीले दिँदै आएको समर्थन सकियो
सायद अब मेरो आफ्नै यौवन सकियो।

Image may contain: Jwala Prasad Khanal, standing, sunglasses and closeup

जागिर पनि छुटेपछि आम्दानी घटेपछि
तिमीले दिने मिठो बोलीवचन सकियो ।

डाक्टर साहेव बाँच्ने उपाय बताइदिनोस्
अब औषधि किनेर खाने धन सकियो ।

तिमी विदेश जाउ भनेर कसरी भनुँ मैले
घरमा मूना सकिएपछि मदन सकियो ।

फूलमा पनि विष हुन्छ भन्ने कुरा बुझेपछि
भमरा बनेर फूल चुस्ने मेरो मन सकियो ।

ए “ज्वाला” तँ यति धेरै निष्ठुरी बनिछस्
मुखमा पनि नपर्दै पग्लेर मख्खन सकियो ।