Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

राप्रपा (संयुक्त) लाई रेडकार्पेटमा स्वागत

चैत्र २ कपिलबस्तु ।
राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई कपिलबस्तुको तौलिहवामा रेडकार्पेट बिछ्याएर भव्य स्वागत गरिएको छ । देशका विभिन्न स्थाहरुमा कार्यकर्ता भेला तथा जनसभाहरु गर्ने क्रममा आज (शनिबार) अध्यक्षद्वय कपिलबस्तु आइपुग्नु भएको हो ।

Image may contain: one or more people and crowd
तौलिहवामा भएको कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड लागेको थियो । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र सर्वधर्म सापेक्ष हिन्दु राष्ट्रका लागि पार्टीले आन्दोलन गरेर भएपनि देश र जनताको रक्षार्थ काम गर्ने बताउँदै आएको छ ।

Image may contain: 2 people, crowd and outdoor
शनिबार तौलिहवा, दाङ लगायतका जिल्लामा तय भएका जनसभालाई सम्बोधन गर्दै अध्यक्षद्वय लगायत पार्टीका केन्द्रिय अन्य पदाधिकारीहरु भोली ३ गते बाँकेको नेपालगञ्ज र ४ गते सुर्खेतको वीरेन्द्रनगरमा कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

Image may contain: one or more people

Image may contain: 2 people, crowd