Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

साझा घरमा जन्मदिन मनाए तीर्थ सुनारले

सुर्खेत
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बेसाहाराहरुका लागि सञ्चालन गरिएको साझा घरमा नेपालमा बिहीबार एक कार्यक्रमको आयोजना गरी न्यु दैलेखी पञ्चकोशी काल भैरब आभुषण कला केन्द्रका संञ्चालक तीर्थ बहादुर सुनारले आफ्नो जन्मदिन मनाएका छन् । फजुल खर्च गर्नुभन्दा दुखी पीडितहरुका लागि खर्च गर्दा पूण्य कमाईने सोचले उनले साझा घरमा जन्मदिन मनाएका हुन् । जन्मदिन मनाउदै सुनारले आफुले मनाएको यो जन्मदिन पनि पहिलोपटक भएको बताउदै अनावश्यक फजुल खर्च नगरी भोका पेटहरुलाई आहारा दिनका लागि आफुले १७ हजार १ सय ५१ रुपैयाको खाध्यन्न तथा आबश्यक सामर्गी किन्नका लागी सहयोग गरेको बताए ।


साझा घर नेपालले घरबार बिहिन, टुहुरा, अनाथ, असाय, अपाङ्ग, घरबार बिहिन एवम् मानसिक अवस्था गुमाएका, मानबहरुको संरक्षण र पुर्नस्थापना, औषधि उपचार खानपिन, परिवार पत्ता नलाागेकाहरुका लागी आश्रय स्थलामा बासस्थान दिने उद्देश्यले यो संस्था संञ्चालन गरिएको संस्थाका महासजिब वीरेन्द्र चोलागाईले बताए । कार्यक्रममा बोल्दै साझा घर नेपालका अध्यक्ष भिम बहादुर बि.क. ले सहयोग गर्न चाहानेहरुले ९७४९६२२९२५ मा सम्पर्क गर्न सक्ने कुरा जानकारी गराए, साझा घर नेपालका महासचिव वीरेन्द्र चौलागाईले पनि सहयोगका लागि आफ्नो सम्पर्क नं ९८६१६६०१८० मा सम्पर्क गरेर सहयोगि हात हरु बढाउन अनुरोध गरे । संस्थाका अध्यक्ष भिम बहादुर बि.क ले फजुल खर्च नगरी दीनदुखीलाई सहयोग गरी पूण्य कमाउन सहयोगी मनहरुप्रति अपिल गरेका थिए । अहिले साझा घर नेपालमा करिब दुई दर्जनको संख्यामा बेसाहाराले आश्रय पाएका छन् ।