Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान

असार १७ सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका ९ न‌ं वडा कार्यालयले आज यूवा लक्षित कार्यक्रम अन्तरगर्त वडामा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ ।सम्मान कार्यक्रममा एथ्लेटिक्सका प्रशिक्षक रामबहादुर वलीले आफू २०४५ साल देखि खेल क्षेत्रमा लागि रहेको र अहिले आफ्नो वडाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै खेलाडीहरुलाई अझ उत्साह थप्न आग्रह गर्नुभयो ।

त्यस्तै कर्णाली प्रदेश खेलकूद परिषदका सदस्य अर्जुनजंग शाहीले ९ नं वडामा खेलाडीहरुकालागि पूर्वाधार नभएकोलेले पूर्वाधार विकास गर्न आग्रह गर्नुभयो । समाजसेवी ऋषी गिरीले यस्ता कार्यक्रमहरु गर्दा वडामा रहेका खेलाडीहरुको प्रभावकारिता हेरि कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको समयमा यूवापु्स्ता खेलमा भन्दा वढी मोबाइलका गेममा बढी व्यस्त हुने भएकोलेले त्यसलाई चिर्न आवश्यक रहेको औत्याउनुभयो ।त्यस्तै फूटवलका पूर्व खेलाडी एवं उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ९ नं वडाले चलाएको यूवा लक्षित कार्यक्रमको नैतिक शिक्षा कार्यक्रम प्रभावकारिता तर्फ ब,ढीरहेको बताउनुभयो ।

कर्णाली प्रदेश खेलकूद परिषदका कार्यालय प्रमुख विरोधविक्रम जिसीले यस्ता कार्यक्रमहरु गर्दा सम्वन्धित पक्ष संग सहकार्य गरेर आयोजना गर्न वडालाई आग्रह गर्नुभयो ।कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले छोटो समयमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको र आगामी दिनमा बृहद तरिकाले कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।कार्यक्रममा खेलाडीहरु राम वली, रमेश तुलाधार, सोना थापा लगाएत वडामा रहेका खेलाडीहरुलाई सम्मान गरिएको वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।