Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

कथाकार शाह पुरस्कृत

नेपालगञ्ज ।
कथाकार महेशविक्रम शाह पुरस्कृत हुनु भएको छ । भेरी साहित्य समाज नेपालगञ्जले साहित्यकार तथा कलाकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ८४ औं जन्मजयन्तीको शुभ अवसरमा प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरेको हो ।


कथाकार शाहले नेपाली साहित्यका लागि गरेको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै उहाँलाई पुरस्कृत गरिएको भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाले बताउनु भयो ।

कथाकार शाहका विभिन्न कृतिहरु बजारमा छन् । उहाँको छापामारको छोरो नामक कृतिले २०६३ मा मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।

शाह नेपाली कथाको क्षेत्रमा निक्कै अब्बल मानिनु हुन्छ । उहाँले रचना गरेका कथाहरु जीवन्त हुन्छन्, प्रेरणादायक र सामाजिक यथार्थतामा लेखिएका हुन्छन् जसले गर्दा पाठकको मन छुनसक्छन् समालोचकहरु बताउँदै आएका छन् ।