Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  
गजल – अनुशा गौतम ‘शिखा’

भट्टीकी कान्छिको जवानीदेखी धाउन सक्छन्।
नाटकिय भावले श्रृङ्गारि मन सजाउन सक्छन्।

म छु भन्दै काँधमा हात थप्थ्प्याउने सह्योगी पात्र
आवश्यकतामा मुख छोपाईले लुकि हराउन सक्छन्।

मुखमा राम राम बगलीमा छुरा चर्चित उखान हो
कठै ! अनुहारको खुम्च्याईमा मन रमाउन सक्छन्।

आमा भनिन्न चारै दिशा आँखा कान पुर्याउनु छोरी
हँ ! आफ्नै भनेका आफ्न्तले पनि फसाउन सक्छन् ।

बासना पछ्याउँदै नजाउ फुल खोज कतै पनि यहाँ
प्राकृतिकको नक्कलमा कृतिमता मग्मगाउन सक्छन् ।

अनुशा गौतम ‘शिखा’