Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

धार्मिक प्रवचन कार्यक्रम हुँदै

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुद्धपथमा स्थापना गर्न लागिएको बुद्ध सरोवरकोलागि यही माघ ३ गतेबाट ११ गते ९ दिन सम्म धार्मिक प्रवचन कार्यक्रममको आयोजना गरिने भएको छ ।

बुधबार कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध सरोवर व्यवस्थापन समितिले धार्मिक दान कार्यक्रमको आयोजना गरिने जनाएको हो ।

सम्मेलनमा बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्च सिंह रोकाय खाम्पाले बुद्ध सरोवर निमार्णका लागी अनुमानित बजेट ९ करोड देखि ११ करोड लाग्ने र धर्ममा आस्थावानले दान गरेको रकमबाट छिटै सरोवर निमार्णको काम सञ्चालन गर्ने जानकारी दिए । यस्तै बुद्ध सरोवर व्यवस्थापन समितिका महासचिव जीवनकुमार शाक्यले कार्यक्रममा बौद्ध धर्मगुरु प्रेमदोर्जे लामा भिक्षु धम्म सागरले देशना दिने बताए । उनले भने ‘ यो अभियानमा प्रत्येक एक ब्यक्तिबाट एक सय रुपैया दान अभियान संचालन गरि आर्थिक संकलन गर्ने गरिनेछ ।’

दान गर्ने ब्यक्तिहरुलाई रकम अनुसारको सम्मान पनि गरिने उनले बताए । बुद्ध सरोवरका आजीवन सदस्यहरुलाई प्रत्येकले ३ हजार दान गर्न पर्ने छ भने अन्य ईच्छुक ब्यक्तीलाई रकम अनुसार सम्मान गरिने अभियानका महासचिव शाक्यले बताए । उनले भन्ने ‘सरोवरमा ३५ फिटको बौद्धि झण्डा अनुरुप पानीको फोहोर पाँच रंगको र धर्म जप माला १०८ दाना हुने हुदाँ १०८ फिटको बुद्धको मूर्ति नेपालमा पहिलो
हुनेछ ।’