Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

राष्ट्रिय जनमोर्चाको एक महिने संगठन अभियान

सुर्खेत ।
राष्ट्रिय जनमोर्चाले एक महिने संगठन विस्तार अभियानको सुरुवात गरेको छ । देशव्यापी रुपमा संगठन निर्माण एवम् राष्ट्रियता विरुद्ध भएका कार्यहरुको बारेमा जनतालाई जानकारी दिने उद्देश्यले एक महिने कार्यक्रमको सूरुवात गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले बताए ।


महासचिव शर्माले भने, ‘देशमा वैदेशिक हस्तक्षेप बढिरहेको छ । भ्रष्टाचार बढिरहेको छ । देशको भूमि माथि अतिक्रमण भइरहेको छ । राष्ट्रियता, सार्वभौमिकता र स्वधिनतामा अतिक्रमण भइरहेको छ । नेपाल माथि भएको अतिक्रमणका विरुद्धमा जनतालाई जानकारी दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका छौ ।’ ’संगठन विस्तारको कार्यलाई समेत संँगसँगै लैजाने उद्देश्यका साथ जनताले प्राप्त गरेका अधिकारहरुको रक्षाका लागि हाम्रो अभियान महत्वपूर्ण छ, उनको भनाई थियो । एमसिसि राष्ट्र विरुद्ध भएकोले त्यसलाई भित्रिन नदिन देशव्यापी रुपमा जनतालाई जानकारी गराउनु राष्ट्रिय जनमोर्चाको कर्तव्य भएको शर्माले बताए ।

यसैगरि राष्ट्रियताको विषयमा जनतालाई प्रशिक्षण दिने, कोणसभा गर्ने, देशमा भएको भ्रष्टाचारका विरुद्धमा जनमत तयार गर्ने अभियान संचालनको सूरुवात गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीको भनाई थियो ।