सुन, तोलाको ८० हजार ३ सय पुग्योे
सुर्खेत ।
केही समय यता उकालो लागिरहेको सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनाएको छ ।
प्रतितोला ७८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ८० हजारमा कारोबार भइरहेको छ ।
यस्तै सोमबार चाँदी ५ रुपैयाँले बढेर तोलाको ९ सय २५ पुगेको छ । मूल्य बढेसँगै सुनको कारोबारमा भारी गिरावट आएको महासंघले जनाएको छ ।







