काेराेना विरूद्द लड्न गुराँसको वडा नम्बर १ मा आकष्मीक बैठक
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
विभिन्न ठाउँमा काेराेना भाइरस विरूद्द लडाइ लडिरहेकाे बेला दैलेखको गुराँस गाउँपालिका वाड नं १ मा आज वडा स्तरीय आकस्मीक बैठक बसेको जनाइएको छ ।
विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरस (कोभिड –१९) र त्यसको रोकथाम लागि नेपाल सरकारले गरेको लकडाउनको बारेमा वडाबासीले पालना गरे नगरेको विषयमा छलफल लगाएत अन्य यसैसँग सम्बन्धित रहेर थप निर्णय बैठक बसी गरेकाे वडा नम्बर १ का कार्यालय सहायक बखत खत्रीले बताउनुभयो ।
वडा कार्यलयमा हेल्थ डेस्क राखीएको र नियमति स्वास्थ्य चेक जाँच गरिएको उहाँले बताउनुभयो । साथै गाउँपालिकाको सहयोगमा ५ वटा वेडसहितको क्वारेन्टाइन बनाइएको कार्यलय सहायक खत्रीले बताउनुभयो ।
वडा अध्यक्ष नर बहादुर रामजाली मगरकाे अध्यक्षतामा बसेकाे बैठककाे सहजीकरण सचिव खेमराज उपाध्यायले गर्नु भएकाे थियाे ।
- Total: 1.9K
- Viber
- Facebook Messenger