Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सांसदले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

जेठ ६, २०७७ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिइरहेका छन्।

नीति तथा कार्यक्रममा ११२ जना सांसदले राखेका प्रश्न र सुझाबालाई समेटेर जवाफ दिइरहेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।