Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

आज दैलेखका ५ र सुर्खेतका ४ गरी ९ जना कोभिड–१९ संक्रमण पुष्टी

सुर्खेत ।

कर्णाली प्रदेशमा आज थप ९ जनामा कोभिड–१९ को संक्रमण पुष्टी भएको छ ।

यो सँगै संक्रमित हुनेको संख्या १०८६ पुगेको छ । आज संक्रमण  हुनेहरुमा दैलेख ५ जना (दुल्लु नगरपालिका ३ का ३२ वर्षिय पुरुष, दुल्लु नगरपालिका ५ का ३० वर्षिय पुरुष, दुल्लु नगरपालिका ७ का ३ र ३८ वर्षिय पुरुष र दूल्लु ११ का ४२ वर्षिय पुरुष )रहेका छन् । भने सुर्खेतका ४ जना रहेका छन् । (भेरीगंगा नगरपालिका ११ का २१ वर्षिय पुरुष र ६७ वर्षिय महिला, गुर्भाकोट नगरपालिका ११ का २१ वर्षिय पुरुष र गुर्भाकोट नगरपालिका १२ का १८ वर्षिय पुरुष )

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीद्वारा हस्ताक्षेरित विज्ञप्ती अनुसार आजसम्म कर्णाली प्रदेशमा विभिन्न अस्पतालबाट कोभिड–१९ बाट संक्रमण मुक्त हुनेको संख्या ३४२ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।