Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

यस्तो पो सन्देशमुलक गीत

सुर्खेत ।
पछिल्लो समयमा तीजका गीतहरु पनि पप र आधुनिक जस्ता आउन थालेका छन् । डिस्कोमा तीज मनाउने र करिब एक महिना अघिदेखि दर खाने र खुवाउन थालेपछि तीजको मौलिकता हराउन थालेको छ । तीजका गीतले त दुःख पोखेर मन हलुका बनाउन सक्नुपर्छ । समाजलाई कुरिती र कुसंस्कारबाट पार लगाउने खालका हुनुपर्छ ।

यस्तै सन्देशमुलुक गीत आएको छ बजारमा ‘कोभिड–१९ तीजको कोशेली ।’ चन्द्रा सुवेदीको शब्द तथा स्वर रहेको र पवित्रा चालिसेको विशेष सहयोग रहेको उक्त गीतले तीजको मौलिकता मात्र झल्काएको छैन सन्देश पनि दिएको छ ।

२०७६ साल चैत महिनादेखि
विश्वभरी गाडि बन्द कोरोनामा लेखी
सुन्नुहोला दिदीबहिनी सुन्नु है समाज
कोरोनाको पीरव्यथा खोल्दैछु म आज ।

उक्त गीतमा भएका शब्दहरु हुन् यी । गीतका सबै शब्दहरु सुन्ने हो भने स्रोताहरुलाई साँच्चिकै भावुक बनाउँछन् । उद्यपी यो गीत व्यावसायिक रुपमा नभई सामाजिक सञ्जालमा आएको छ ।

गीत सुन्नुहोस