Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु भन्दै ठगी गर्ने दुई युवती पक्राउ

काठमाडौँ |

आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई पक्राउ गरेको हो।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जनाएको छ।

ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल एरियामा लुकिछिपी बसेका थिए। थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ।

महाशाखको प्ररम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाएको खुलेको छ।

कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको पिडितलाई बताउने गरेकी थिइन्।

त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन्। उनीहरूले त्यसैगरी थप एक लाख ६० हजार समेत ठगेका थिए।

सेतोपाटिबाट