Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

२६ औँ प्रकाशमानव अधिकार पुरस्कार बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई

सुर्खेत ।

विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाकालागि महत्वपूर्ण पहल कदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाशमानवअधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको हो ।
विज्ञप्तिमा भनिएको छ,’इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमाभएको थाइ एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानवअधिकार र सामाजिकन्यायको अभियानमा स्व. काफ्लेले पु¥याउनुभएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले प्रकाशमानव अधिकार पुरस्कारको स्थापना गरेको हो ।’
इन्सेकले २०५१ सालदेखि हरेक वर्ष प्रकाशमानवअधिकार पुरस्कारबाट नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्यतथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई पुरस्कृत गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको छ ।
५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्रतथा इन्सेकको प्रतीकचिन्ह सम्मानित व्यक्तित्वलाई प्रदानगरिने इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।