Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

भेरीगंगा नगरपालिकाले सञ्चालन ग¥र्यो टोल फ्रि नम्बर

सुर्खेत ।
सुर्खेतको भरीगंगा नगरपालिकाले पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालन गरेको छ । भेरीगंगा नगरपालिका अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी टोल फ्रि नम्बर संचालनमा ल्याएको हो ।


अपांग शसक्तिकरण केन्द्र सुर्खेतको आर्थिक सहयोगमा टोल फ्रि संचालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १६६०८३५२००६ नम्बरको टोल फ्रि नम्बरमा अपांगता भएका व्यक्ति, परिवार, जोखिममा रहेका व्यक्तिहरुले आफ्ना समस्या गुनासाहरु राख्न सक्ने गरी संचालन गरिएको हो ।

सेवाका उद्घाटन गर्दै नगर उप प्रमुख रेणु आचार्यले नगरपालिका क्षेत्रमा रहेका अपांगता भएका व्यक्ति, जोखिममा रहेका व्यक्ति तथा अन्य सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने बताउनु भयो । ‘टोल फ्रि संचालन पछि अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुले सेवा लिन सक्नुहुनेछ, कुनै समस्या परे निःशुल्क रुपमा राख्न सक्नुहुन्छ, उहाँले भन्नुभयो ।, ‘सबैतिर यसको प्रचार प्रसार गरौँ, अत्यधिक लाभ लिनका लागि आग्रह गर्दछु’ उहाँको अनुरोध छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले अपांगता भएका व्यक्तिहरुको समस्या र गुनासा सम्बोधन गर्नका लागि टोल फ्रि ले सघाउ पु¥याउने बताउनु भयो । कार्यक्रममा अपांग शसक्तिकरण केन्द्रका अध्यक्ष विष्णु भट्टराईले अपांगता भएका व्यक्ति, परिवार, अन्य जोखिममा रहेका व्यक्तिलाई निःशुल्क रुपमा आफ्ना गुनासा राख्न सक्ने गरी व्यवस्थापन गरिएको बताउनु भयो । संस्थाका तर्फबाट एक जना कर्मचारी समेत उपलब्ध गराईएको उहाँको भनाई छ ।

संस्थाको परियोजना संयोजक दुर्गा गाहाले अपांगता भएका व्यक्तिहरुको गुनासो र समस्या समाधानमा टोल फ्रि ले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसको अत्यधिक लाभ लिन नगरबासीहरुलाई अनुरोध समेत गर्नुभयो । अपांगता समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको संस्थामा अपांगता समावेशी अधिकृत तेजेन्द्र चन्दले जानकारी दिनुभयो ।