नेकपा अध्यक्ष नेपाल सुर्खेत आउदै, व्यापक जनप्रदर्शनको तयारी
सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आउने भएका छन् । उक्त अवसरमा नेकपा सुर्खेतले आगामी माघ ८ गते वृहत जनप्रदर्शन गर्ने तयारी गरेको छ । प्रचार प्रसार कमिटीका संयोजक कृष्णबहादुर जिसीका अनुसार उक्त कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथीका रुपमा उपस्थित हुनेछन् ।

सभामा सहभागी बनाउनका लागि पार्टीको वडा कमिटी, नगर कमिटी, विभिन्न जनवर्गीय संगठनहरुलाई हामीले आवश्यक निर्देशन दिइसकेका छौं । उनले भने, पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहमा पनि विभिन्न समिति बनाई व्यापक जनसहभागिता गराउने तयारी गरेका छौं । यसैगरि अहिले प्रत्येक टोलटोलमा व्यापक जनप्रदर्शनकाके तयारी भइरहेको वीरेन्द्रनगर नगर कमिटी इन्चार्ज अमृत बिसीले क्वीकखबरलाई बताए ।
अर्का नेता मोहन बडुवालका अनुसार मंगलगढी चोकमा डिस्प्ले राख्ने, माइकिंग टोली निर्माण गर्ने, कार्यक्रममा सहभागिता बढाउनका लागि कार्यकर्ता परिचालन गर्ने निर्णय जिल्ला कमिटी सुर्खेतले गरेको बताए । उनले कार्यक्रम पिपलचौतारामा गर्ने तयारी भइरहेको जानकारी दिए ।
विधि र पद्धतिको पछाडि लाग्न आवश्यक भएकाले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि सबैलाई एकजुट प्रदेश सभा सदस्य पदमा खड्काले अनुरोध गरेकी छन् । हामीसँगको कुराकानीमा उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि पनि संवैधानिक ‘कु’ का विरुद्ध देशव्यापी रुपमा एकजुट सबै दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।’






