Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

प्रधानमन्त्री ओलीले कर्णालीलाई हेपेः जनार्दन शर्मा

सुर्खेत ।

नेपाल कम्युनिस्ट पार्टी पदको लडाइँ नभइ जनतालाई अधिकार दिने र नदिने विषयमा विभाजनको मुखसम्म पुगेको नेकपा माधव-प्रचण्ड समूहका नेता जनार्दन शर्माले जनाएको छन् । बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली व्यवस्था विरोधी हुँदा जनताले अधिकार पाउनबाट वञ्चित भएको बताए ।

 

‘यो पद प्रतिष्ठाको होइन लडाइँ होइन,’ उनले भने, ‘नागरिकले संविधानले दिएको अधिकार उपभोग गर्न पाउनु पर्छ ।’ खान नपाउनेले खान पाउनु पर्छ र बेरोजगारले रोजगार पाउनु पर्छ भन्ने आफूहरुको भनाइ रहेको उनले जनाए । साथै उनले कर्णालीलाई प्रधानमन्त्री कर्णालीलाई सम्बोधन गर्न नसकेको बताए । आफू निकट समूहको प्रदेश इन्चार्जको जिम्मेवारी कर्णालीका नेतालाई विश्वास नगरि कर्णाली बाहिरकालाई इन्चार्ज तोकेको भन्दै उनले यहाँको विकास निर्माणदेखि सेवासुविधासम्म प्रधानमन्त्रीले कर्णालीवासीलाई वञ्चित गएका बताए ।

facebook sharing button
twitter sharing button
messenger sharing button