Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुर्खेत क्याम्पस (शिक्षा) बहुमुखीतिर उन्मुख

सुर्खेत ।
तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको रुपमा रहेको बेला पनि शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्यापस सुर्खेत क्याम्पस (शिक्षा) बहुमुखीतिर उन्मुख भएको छ । यस क्याम्पसले विविएस कार्यक्रम थप गरेसँगै बहुमुखी तिर उन्मुख भएको हो । विविएस कार्यक्रम थप गर्न लागिएको भन्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्मासमेतको टोली सुर्खेत आएको छ ।


सुर्खेत आइपुगेको उक्त टोलीले सुर्खेत कयाम्पस (शिक्षा) मा विविएस कार्यक्रम थप गर्ने बारेमा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त संकायका सहायक डीन दिनेशमणी घिमिरेले सुर्खेत क्याम्पस (शिक्षा) मा अब केवल शिक्षा मात्र नभई यसलाई बहुमुखी क्याम्पसको रुपमा विकास गर्नु सिंगो कर्णालीको गौरब भएको बताए । यस क्याम्पसमा विविएसको सुरुवात गर्नु भनेको क्यिाम्पसलाई एक सिढि माथि उकास्नु भएको उनको भनाई थियो । यस क्याम्पसलाई यस क्षेत्रको मोडल क्याम्पसको रुपमा विकास गर्नका लागि यहाँका सबै सरोकारवालाहरुको प्रतिवद्धताको आवश्यकता भएको घिमिरेले बताए ।

अब विविउस मात्र नभई विविए, एमविएलगायतका अन्य विषयहरु समेत पढाई हुने व्यवस्थापन मिलाउन थालिएकोले यो क्याम्पस बहुमुखी क्याम्पसको रुपमा विकास हुने विश्शवास व्यक्ति गर्दै विद्यार्थीहरुले राजनीति गर्न पाइने भएपनि शैक्षिक क्षेत्रमा असर पर्ने गरि राजनीति नगरिदिन उनले अनुरोध समेत गरे । विविएस संचालनका लागि सबैले सहयोग गर्न उनले अनुरोध समेत गरेका थिए । कार्यक्रममा सुर्खेत क्याम्पस (शिक्षा) का स्ववियू सचिव हिम्मत बस्नेतले भने, विविएस संचालन हुनु खुसीको कुरा हो । यसको कार्यान्वयनमा ढिला नहोस् । क्याम्पसमा भएका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउँदै विद्यार्थीको भविष्यमा कसैले खेलवाड गर्न पाइदैन उनले थपे ।

यसैगरि जन नमुना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने कुनै समयमा ५ हजार भन्दा बढि विद्यार्थीले खचाखच हुने क्याम्पस अहिले किन कमजोर हुँदै गइरहेको छ । यस बारेमा अनुसन्धान हुनुपर्ने बताउँदै श्रेष्ठले थपे, कर्णालीमा कस्ता विषयको पढाई आवश्यक छ त्यसको अध्ययन जरुरी छ । विभिन्न कारणले विश्वविद्यालयहरुमा राजनीति मात्र हुने र पठनपाठनको सुनिश्चितता नहुने भएका कारण पनि विद्यार्थीहरु नीजि कलेज तर्फ आकर्षित भएका छन् यसबाट छुटककारा पाउनका लागि नेतृत्व तहले विशेष भूमिका खेल्नु पर्ने श्रेष्ठले दाबी गरे ।

सुर्खेतमा मधयपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएपछि उक्त क्याम्पसलाई विश्वविद्यालयमा ल्याउने प्रयास गरिएपनि उक्त क्याम्पस मप विवि अन्तर्गत आउन मानेको छैन ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख पिताम्बर ढकालले आ–आफ्ना धारणा राखेका थिए भने कार्यक्रम क्याम्पस प्रमुख माधवप्रसाद खनालको अध्यक्षतामा भएको थियो ।