Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सिम्तामा गुञ्जिय चार जना स्रष्टा

सुर्खेत ।
सुर्खेतको सिम्तामा चार जना स्रष्टाहरुले रचना वाचन गरेका छन् । सिम्ताली एकता समाज नेपालको आयोजनामा भएको विशेष रचना वाचन कार्यक्रममा चार जना स्रष्टाहरुले आ–आफ्ना रचना वाचन गरेका हुन् ।

No description available.
सुर्खेतको साहित्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पाका स्रष्टा पृथ्वीबहादुर सिंहले कविता, विनोद भट्टराईले मुक्तक, कोकिला सिंह र रमेश चन्द कुसुमले गजल वाचन गरेका छन् ।

सिम्तामा गाउँपालिकाको जामुने बजारमा भएको उक्त विशेष रचना वाचन कार्यक्रममा सिम्ता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि यामराज गिरीले साहित्यको उर्वर भूमि सिम्तामा यस्ता कार्यक्रमले यहाँको रचनात्मक विकास हुने कुरामा जोड दिए । साहित्य र संस्कृतिको थलो सिम्तालाई सबैतिर परिचित गराउनका लागि पनि यस्ता कार्यक्रमहरुको आवश्यकता हुने गिरीको भनाई थियो ।

No description available.
कार्यक्रममा यदु लामीछाने, रुद्र केसी, दीर्घ मल्ल, झुवबहादुर बुढा, विष्णु महतारा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सिम्ताली एकता समाजका अध्यक्ष ललित सिंहको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण थुमान अधिकारीले गरेका थिए । सिम्ताली एकता समाजले साहित्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।