Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

गजल

मिहिनेत भेटियो तर फल भेटिन
यो कस्तो मैदान हो समतल भेटिन

मडारिँदै गर्जनुको पनि अर्थ रहेन
एक हावाको झोकले बादल भेटिन

प्रत्येक गाउँमा मदिरा भेटिँदा पनि
अक्सिजन भेटिन जीवनजल भेटिन

सबथोक पाउँछ भन्थ्यौं तिम्रो शहरमा
खाली पेट भर्ने कुनै मेडिकल भेटिन

तिमी र बन्दुकमा म बन्दुक रोज्छु
जस्मा कहिलै पनि मैले छल भेटिन