Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

उनीहरुले भने, ‘एकता फाउण्डेशनको गुण कहिल्यै बिर्सिदैनौं’

तीन लाखको खाद्यन्न वितरण, बीस लाखको स्वास्थ्य सामग्री हस्तान्तरण, जनचेतनाका लागि होर्डिङ्ग बोर्ड, टोल–टोलमा कार्यक्रम

तीन लाखको खाद्यन्न वितरण

सुर्खेत ।
एकता फाउण्डेशन नेपाल वीरेन्द्रनगर सुर्खेतले तीन लाख बराबरको खाद्यन्न सामग्रीहरु वितरण गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि र कोरोना संक्रमण भइहालेमा के गर्ने भन्ने बारेमा जानकारी गराउनुका साथै कोरोना संक्रमित भएका तथा अति विपन्न परिवारहरुका लागि भन्दै एकता फाउण्डेशन नेपाल वीरेन्द्रनगर सुर्खेतले नगरपालिकाका वडाहरुसँगको समन्वयमा राहतस्वरुप खाद्यन्न वितरण गरेको हो ।

No description available.
वीरेनद्रनगर नगरपालिका वडा नं. ५ का ५ जना, वडा नं. ११ का २२ जना, वडा नं. १२ का १९ जना र वडा नं. ६ का ५६ जना गरि ११४ भन्दा धेरैलाई खाद्यन्न वितरण गरिएको एकता फाउण्डेशनका सहसचिव नविन रेग्मीले जानकारी दिए ।

No description available.
एकता फाउण्डेशनले वितरण गरेको राहत लिन आएका सलिम इद्रिसले भने, ‘घरमा काम गर्न सक्ने मान्छे कोही छैन । ज्याला मजदुरी गर्थे आफू पनि केही गर्न नसक्ने भएको छु । सकेको गरौं भने कोरोनाका कारण काम नै पाइन छाडेको अवस्थामा हाम्रो छाक टार्नका लागि जुन सहयोग गरिदिनु भएको छ त्यो कहिल्यै बिर्सिने छैनौं ।’ राहतस्वरुप खाद्यन्न सामग्री पाएपछि उनको अनुहार निकै खुसी देखिन्थ्यो । उनले भनिन्, तपाईंहरु साँच्चिकै को समस्यामा परेको छ हेर्नु हुनेरहेछ ।’

No description available.
घरमा पानी दिने मान्छेपनि छैन । छोरा र श्रीमान् अपाङ्ग छन् । आफूलाई कोरोना लागेको शंकाले घरमै आइसोलेशनमा बसे । के खाउ र के लाउको अवस्था छ । यो राहत सामग्रीले साँच्चिकै राहत मिलेको ६७ वर्षिया कौसिला सुनारले भनिन् ।

उमेर ६५ वर्षको । घरमा एक्लै बस्नुपर्ने । अरु परिवार नै नभएकाले बहिनीको छोराको साराहमा बस्दै आएकी धनसरा नेपाली भन्छिन्, अरु बेलामा बोल्न सक्नेहरुले राहत पाए तर यतिबेला हामी बोल्नै नसक्नेहरुका लागि राहत दिनुभयो । कोही नहुनेको दैव हुन्छ भन्छन् साँच्चिकै दुःखीलाई हेर्ने पनि हुँदा रहेछन् ।’

No description available.
७७ वर्षको उमेरमा राहत लिन आएकी जयकला सुनार छोरीको साहारामा बसिरहेको बताउँछिन् । कोरोनाका बारेमा आफूलाई जानकारी भएको र अहिलेसम्म अरुले राहत नदिएको तर यतिबेला खानकै समस्या भएको बेलामा राहत पाएकोमा खुसी भएको उनको भनाई छ ।
राहतस्वरुप २५ प्रतिव्यक्ति २५ किलो चामल, ५ किलो दाल, आधा किलो जिरा, आधा किलो चियापत्ति, एक डेढ किलो चिनी, ३ किलो नून र २ पोका तेल उपलब्ध गराइएको थियो ।

बीस लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको तेस्रो लहरले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गरेर एकता फाउण्डेशन नेपाल वीरेन्द्रनगर सुर्खेतले अष्ट्रेलिय एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको सहयोगमा सुर्खेतको गुर्भाकोटमा रहेको मेहेलकुना अस्पताललाई करिब २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जसमा अस्थायी आइसोलेशनका लागि १५ वटा टेन्ट, फूलसेट बेड ३० वटा, ब्लाङकेट ३० वटा, अक्सिजन सिलिण्डर ३० वटा, एल ९५ मास्क २ हजार ५०० पिस, पिपिइ सेट ५० वटा, सेनिटाइजर ५०० एमएलको १२५ वटा, सर्जिकल ग्लोब्स १ हजार २५० वटा, पिसिआर किट १२५ सेट, अन्टिजेन किट १२५ सेट, भिटिएम किट ५० सेट, एक्ट्राक्सन किट ५० सेट, पल्स अक्सिमिटर १५० वटा, पोट्र्याबल सेक्सन मेसिन १ वटा, अक्सिजन कन्ष्ट्रक्याटर १ वटा र नेबुलाइजर मेसिन १५ वटा रहेका छन् । यी सबै सामग्रीहरुको मूल्य २० लाखभन्दा बढी रहेको एकता फाउण्डेशनका कार्यकारी निर्देशक दुर्गा घर्तीले बताइन् ।

No description available.
तेस्रो लहरसँग जुध्नका लागि करिब एउटा कोभिड अस्पताल नै निर्माण गर्न पुग्ने सामग्रीहरु उपलब्ध गराइदिएकोमा एकता फाउण्डेशनलाई मेहेलकुना अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सोजन सापकोटाले धन्यवाद ज्ञापन गरे । उनले भने, ‘सबैका आँखा ठूला ठाउँमा पुग्ने भएपनि जिल्ला भित्रका साना ठाउँहरुमा पनि कोरोना विरामीको सेवा गरिरहेको तपाईंहरुले देख्नुभयो ।’ दोस्रो लहरको समयमा अक्सिजन सिलिण्डरको अभाव खड्कियो अब त्यो अभाव नहुने भएको छ भने हामी विरामीहरुलाई सेवा दिई उनीहरुको ज्यान बचाउन सक्ने भएका छौ डा. सापकोटाको भनाई थियो ।

संस्थाले हस्तान्तरण गरेका सामग्रीहरुको भरपूर उपयोग गरेर विरामीहरुको सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले भने, ‘कोरोना महामारीका विरुद्ध लड्नका लागि सबैको हातेमालो आवश्यक छ त्यसमा एउटा हातको काम एकता फाउण्डेशनले गरेकोमा धन्यवाद दिन्छु ।’

No description available.
दोस्रो लहरमा अक्सिजनकै आवश्यकता पर्न थालेपछि सरकारले समेत अक्सिजन र अक्सिजनका लागि सिलिण्डरको व्यवस्थापन गर्न सकेन । अब फेरी तेस्रो लहरको त्रास भइरहेको छ । कोरोना लाग्न नदिनका लागि एउटै मात्र उपाय भनेको जनसम्पर्क कम गर्नु हो भने दोस्रो उपाय भनेको सचेतना हो ।

कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले विश्वमा ज्यान गुमाउनेहरुको संख्यामा बृद्धि भयो । विश्वमा फैलिएको दोस्रो लहरबाट नेपालपनि नराम्रोसँग प्रभावित हुन पुग्यो । दोस्रो लहरको नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले गत वैशाख १४ गते राती १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा लगायो । जब निषेधाज्ञा सुरु भयो त्यसपछि हुँदा खानेहरुका समस्याहरु एकपछि अर्को बढ्दै जान थाले । दोस्रो लहरका विरामीहरुलाई पहिलो लहरमा जस्तै सरकारले सबैको व्यवस्थापन गरेन । बरु होम आइसोलेशनमा बस्ने सल्लाह दियो । त्यसपछि गाउँ–गाउँमा कोरोनाबाट त्रसित हुनेहरुको संख्यामा समेत बृद्धि भयो भने कोरोना संक्रमितले मात्र नभई उनीहरुको परिवारको समेत विभेद सहनु प¥यो ।

No description available.
यसका साथै संस्थाले जिल्ला कोभिड व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गर्दै जनचेतनाका लागि स्थानीय एफएम रेडियोहरुबाट जिंगलहरु प्रशारण गरिरहेको छ भने पम्पलेट प्रकाशन गरी वितरण गरिरहेको छ । यात्रुहरुको ओहोरदोहोर हुने भएकाले बसपार्क नजिकै होर्डिङ बोर्ड राखिएको, रेडक्रस तथा स्थानीय तहका सरकारहरु र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरिरहेको संस्थाले जनाएको छ ।

No description available.

जनचेतनाका लागि होर्डिङ्ग बोर्ड, टोल–टोलमा कार्यक्रम

एकता फाउण्डेशन नेपालले जनचेतनाका लागि होडिङ्ग बोर्ड राखेको छ भने टोल–टोलमा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । संस्थाका सदस्य निर्मल अधिकारीका अनुसार कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि होडिङ्ग बोर्ड राखिएको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि भएकोले र साविक कर्णालीको प्रवेशद्वार पनि भएकोले सुर्खेतको बसपार्कमा होडिङ्ग बोर्ड राखिएको हो ।

No description available.
यसैगरी आइसोलेशनमा बसेका तथा टोल विकासका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरु समेत राखेर जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । नेपाल सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरेर एउटा टोलमा २५ जना भन्दा बढि नहुने गरी भौतिक दुरी कायम गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने तयारी भइरहेको संस्थाका सिद्धान्त शाहीले बताए । (आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित समाचार)