Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

माओवादी केन्द्र पचालझरना–सुर्खेत समितिमा शाही

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कालीकोटको पचालझरना–सुर्खेत सम्पर्क समिति गठन गरेको छ । सोमबार वीरेन्द्रनगरमा भएको प्रथम भेलाले हिक्मत शाहीको अध्यक्षतामा पचालझरना–सुर्खेत सम्पर्क समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा सर्पराज शाही र कौशिला बस्नेत, सचिवमा पदम शाही, सह–सचिवमा जन्म बोगटी र कोषाध्यक्षमा चरित्रबहादुर शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपराज खड्का, पुनम विक, दत्त विक, राजन कठायत, डिल्ली विक, दिपेन्द्र कुमाल, गोविन्द रोकाया, वीरेन्द्रप्रसाद सञ्जाल, परेक बुढा, नकेन्द्र ऐडी, नेक्कर बोहोरा, पवन शाही, दिपेन्द्र शाही र राने शाही छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो ।