Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सुर्खेतमा एउटै मञ्चमा तीन स्रष्टा सम्मानीत

प्रा.डा. राजाराम सुवेदीलाई साधना सम्मान, जियरालाई कृति र कूलमान नेपालीलाई प्रतिभा पुरस्कार

सुर्खेत ।
कर्णाली साहित्य समाजले सम्मान तथा पुरस्कार अर्पण गरेको छ । जस अन्तर्गत कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियरालाई प्रदान गरेको छ । रु ५० हजार राशीको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरे अनुसार सुर्खेतमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्र पुरस्कार प्रदान गरिएको हो ।

No description available.

आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्धमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकहरुका दुःख, पीडा र भोगाइहरुलाई उद्घाटित गर्न सफल कथाहरु ‘जियरा’ मा समेटिएको छन् ।

No description available.
यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गरिएको छ । ताम्रपत्रसहितको उक्त सम्मान ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिहरुको श्रृजनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाएकोमा इतिहासकार प्राध्यापक डा. राजाराम सुवेदीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले बताए ।

No description available.
यसका साथै संस्थाले स्थापना गरेको रु २५ हजार राशीको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरुलाई देशभर चिनाउन सफल कलाकार, २०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा २५ पटक राष्ट्रिय प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक, बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका नृत्यहरुका निर्देशक, कुलमान नेपालीलाई प्रदान गरिएको छ ।

No description available.
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा प्रमुख अतिथिकिो आशनबाट बोल्दै संस्थाका संस्थापक संरक्षक एवम् वरिष्ठ कथाकार महेशविक्रम शाहले राजनीति तोड्ने काम गर्छ भने साहित्यले जोड्ने काम गर्ने बताए ।

यस भन्दा अघि महेश थापाद्वारा लिखित मरीचिका कथा संग्रह र ललित विष्टद्वारा लिखित मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशि), कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशि), चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई साथै कर्णाली साहित्य समाज साधना सम्मान (ताम्रपत्रसहित) कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका दर्शनौ कृतिका लेखक शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकेको छ ।

No description available.

No description available.