Loading... आजः २ बैशाख २०८३, बुधबार । Wednesday 15th April 2026
ताजा खबर
  

साझाघरका बालबालिकालाई दशैंमा नयाँ लुगा उपहार

सुर्खेत ।
अमेरिकामा बसेर नेपालमा समाजसेवा गरिरहेकी समाजसेवी जयन्ती थापाले साझाघरका बालबालिकाहरुलाई नयाँ लुगा उपलब्ध गराएकी छन् । दशैंको अवसरमा साझाघरमा बसिरहेका बालबालिकालाई दशैंको अवसर पारेर करिब २५ हजार बराबरको लुगा उपलब्ध गराएको जयन्ती थापाले बताइन् ।

No description available.
समाजसेवी थापा अमेरिकामा रहेका कारण उनका पिता धर्मजंग थापा र माता पार्वती थापाले उनको तर्फबाट साझाघरका ५४ बालबालिकाहरुलाई नयाँ लुगा एक समारोहका बीचमा हस्तान्तरण गरेका छन् । उनीहरुलाई पनि नयाँ लुगा लगाउन पाएको भए हुने भन्ने मनको इच्छा पूरा भएकोमा छोरीको कार्यले आफूलाई समेत आनन्दित बनाएको जयन्तीका पिता धर्मजंग थापाले बताए ।

दशैं धनिहरुका लागि मात्र नभई गरिब र असहायहरु सबैका लागि बराबर भएर आउन सक्यो भने दशैंको महत्व बढ्न सक्छ । हुने खानेहरु जहिलेपनि दशैं झैँ भोजन गर्छन भने हुँदा खानेहरुले मीठो खानका लागि दशैं कुर्नुपर्ने अवस्था अझैपनि जस्ताको त्यस्तै छ । गरिब र असहाय बालबालिकाहरुलाई पनि नयाँ नानामा रमाउने मन हुन्छ भन्ने बुझेर आफूले आफ्नो कमाईको केही प्रतिशत छुट्याएको रकमबाट उनीहरुलाई सहयोग गर्न पाएकोमा आफूलाई पनि दशैं आए जस्तो महसुस भएको जयन्तीले बताइन् ।

No description available.
उनले सुर्खेत, रुकुम, कैलाली तथा चितवन लगायतका जिल्लाहरुमा असहाय बालबालिकाहरुको शिक्षा दिक्षाकोसमेत जिम्मा लिएकी छन् । विशेष गरि दैविप्रकोपमा परेका, आपतविपतमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेकी छन् । पछिल्लो समयमा भाषा, साहित्यको क्षेत्रमा समेत जयन्तीले सहयोग गरिरहेको उनका पिता धर्मजंग थापाले बताए ।