चट्याङले दुई घरमा क्षति
सल्यान ।
चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति र्पुयाएको हो । शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा घर र घरमा रहेका केही सामानहरुमा क्षति पुगेको छ ।
चट्याङ लागेर घरको भुइँतला जलेको छ । भुईतलाको एउटा कोठामा रहेको सोलार र कपडा समेत जलेको चलाउनेले जानकारी दिए। चट्याङ पर्दा घरको भित्ता चर्किएपनि मानवीय क्षती भने नभएको स्थानीय राजेश डाँगीले बताए ।









