Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

हामी चाडै फिल्म बनाउनुपर्छ भन्ने कुराको विपक्षमा छौः दीपकराज

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् ।

मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन हो । यो मानिसका आधारभुत आवश्यकता पुरा भएपछि मात्र जोडिने कुरा हो । कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार छैन । यसैले, यसमा हतार गर्नुपर्छ भन्ने सोचमा हामी छैनौ ।’

कोरोना संक्रमितको संख्या झनै बढ्दै गएकाले पनि चलचित्र चलाउन निर्माता आतिहाल्न नहुने दीपकको तर्क छ ।

यसैले, आफूहरु फटाफट चलचित्र बनाउनुपर्छ भन्ने पक्षमा नभएको दीपकको भनाई छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै चलचित्र विकास बोर्डमा मात्र १८ वटा चलचित्रले निर्माणको इजाजत लिइसकेका छन् । केही चलचित्रका निर्माताहरुले मिडियाको मार्फत चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । सरकारले अनुमति दिएसँगै छायांकन सुरु गर्ने योजना उनीहरुको छ । तर, दीपक–दीपाको टिमले तत्काल चलचित्र बनाइहाल्ने सोच नबनाएको बताएको छ ।