Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

इङ्ल्यान्डलाई १-० ले हराउदै जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको उपाधि

रोशन मेवाहाङ्ग, लन्डन, चैत्र १० । वुधबार साझ जर्मनीको फुटवल रंगशालामा प्रतिस्पर्धा गरिएको प्रतियोगीतामा इङ्ल्यान्डलाई १-० ले पराजित गर्दै जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको उपाधि चुमेको छ ।

पहिलो हाफ खेलको ३० आै मिनटमा इङ्ल्यान्डका डेलि अलिले ३० मिटरको दुरीबाट प्रहार गरेका गोल विपक्ष टिमका पोलमा ठक्कर खाएर फर्किएको थियो । अन्तत दुवैतर्फ ०–० बराबरीमा पहिलो खेलको प्रतिस्पर्धा रोकिएको थियो ।

डेलिले प्रहार गरेको गोल विपरीत पक्षका गोल रक्षकले कुन दिशातिर आउँने हो भनेर आंकलन गर्न निकै चुनौतीपूर्ण बनेको थियो ।

दोश्रो हाफको ६९ औ मिनेटमा जर्मनीका जर्सी नंम्बर १० लुकासले २५ मिटर टाढावाट वल रक्षकको देव्रेतर्फतिर प्रहार गरेका बललाई इङ्ल्यान्डका गोल रक्षकले निर्मल गर्न कोसिस गरेपनि अचानक बल मोडिएर आफनै जालीभित्र छिरेको गोलको परिणामले जितको उपाधि चुमेको हो ।