Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

​‘तनाव छ, जिन्दगी’ दशैंमा

 

हिन्दुहरुको महान पर्व बडादशैको अवसर पारी ‘तनाव छ जिन्दगी’ सांगितिक कार्यक्रम गरिने भएको छ । ग्लोमोक्स प्रा.लि. सुर्खेतको आयोजना आगामी असोज ७ गते वीरेन्द्रनगरको घण्टाघरमा कार्यक्रम गरिने भएको हो । राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती सञ्चालन गरिने प्रालिका अध्यक्ष संजय योगीले जानकारी दिए ।

उनका अनुसार दशैं विशेष कार्यक्रममा लोक गीत, लोक नृत्य, कमेडी, हिप–अफ, ज्यापर ¥याप लगायतका प्रस्तुती रहने छन् । कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल, स्थानिय कलाकारहरु चन्द्र मन्दिर, कविराज गिरी ,पवन योगी, सुकदेव अधिकारी लगायत अन्य स्थानिय कलाकारहरु सहभागी हुनेछन् ।

यो कार्यक्रममा सञ्चालन गर्न करिव ३ लाख ८० हजार रुपैयाँको खर्च हुने आयोजकका समिति मुल संयोजक पवन योगीले बताए । कार्यक्रमबाट आम्दानी भएको रकम सामाजिक कार्यमा समेत खर्च गरिने प्रा.लि.ले आयोजना गरेको पत्रकार सम्मेलनमा योगीले जानकारी दिए ।

असोज ७ गते दिउसो दिउसो १ बजे हुने कार्यक्रममा प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ, काँक्रेविहार दैनिकमा समाचार छ ।