Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

गीताको ‘चाहनाको फूलबारी’ बजारमा

नेपालगञ्ज २७ चैत्र
रुकुममा जन्मिएकी गीता नेपालीको पहिलो उपन्यास चाहनाको फूलबारी बजारमा आएको छ । भेरी साहित्य समाज बाँकेको प्रकाशक रहेको उपन्यास चाहनाको फूलबारीमा लेखकले विदेशमा नेपालीहरुले भोग्नु परेको समस्या र प्रेम कथालाई जीवन्त कथाको रुपमा उतार्ने प्रयास गर्नुभएको छ ।

Image may contain: plant and outdoor

नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक महोत्सवको अवसरमा नेपालगञ्जमा भएको औपचारिक कार्यक्रममा उक्त उपन्यास बिमोचन गरिएको थियो ।
स्नातकसम्मको अध्ययन गर्नुभएकी गीता नेपाली नाटकमा कलम चलाउँदै आउनु भएको थियो । उहाँ गीत लेखन र गायनमा समेत संलग्न हुनुहुन्छ ।