Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

निर्वाचन आयोगको निर्णय जलायो राप्रपाले

सुर्खेत
५ वैशाख २०७४

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको मुद्धालाई हटाएको विरोधमा निर्वाचन आयोगले उक्त मुद्दा आफ्नो विधानबाट हटाउनु भनि पठाएको पत्र विरोध स्वरुप आज जलाएको छ ।

सुर्खेतको स्थानीय नेताचोकमा ¥याली सहितको कोणसभा गरी पार्टी अध्यक्ष मान बहादुर खड्का र पूर्व सहमहामन्त्री मुकुन्दश्याम गिरीले संयुक्त रुपमा उक्त पत्रमा आगो लगाउनु भएको थियो ।

यही वैशाख ८ गतेसम्म उक्त निर्णयलाई नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत राप्रपाले दिएको छ ।