Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

क्रिकेट प्रतियोगिता स¥यो

सुर्खेत ।

यही माघ १५ गतेदेखी सुर्खेतमा हुने भनिएको प्रदेश ६ स्तरिय टि ट्वान्टी क्रिकेट प्रतियोगीता फागनुमा हुने भएको छ । समग्र प्रदेश ६ को क्रिकेटको विकास लागि जिल्ला क्रिकेट संघ सुर्खेतले माघ १५ देखी २२ गतेसम्म सञ्चालन गर्न लागेको सो प्रतियोगिता आगामी फागनु ७ गतेदेखी हुन लागेको हो ।

क्रिकेट प्रतियोगिताका लागि खेल मैदानको तयारी नपुगेको र प्राविधिक कारणले फागुनमा प्रतियोगिता सञ्चालन हुने जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केशीले जानकारी दिए । उनका अनुसार सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश ६ का सल्यान, रुकुम, जाजरकोट, डोल्पा र सुर्खेतका खेलाडीहरु प्रतियोगीतामा सहभागी हुनेछन् ।

प्रदेशमा नेपाल क्रिकेट सघ क्यानबाट सुर्खेत जिल्लाले मात्र मान्यता पाएकाले प्रदेश ६ अन्तर्गतका जिल्लाहरुमा क्रिकेट विकासको लागी सुर्खेत जिल्लाले प्रतियोगिता सञ्चालन गर्न लागिएको केसीले जानकारी दिए । प्रतियोगितामा लिगको आधारमा खेलाइने केसीको भनाई छ । उनले सो प्रतियोगितामा झण्डै चार लाख खर्च लाग्ने बताए ।