Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

पाठकको महत्व

आज भन्दा ६ वर्ष अगाडि हामीले सुरुवात गरेको यो क्वीकखबर डटकम आजका मितिसम्म आइपुग्दा विभिन्न आरोह अवरोहको सामना गर्नु प¥यो । समय बदलिँदै जाने क्रममा हामीले पनि साइडलाई केही परिवर्तन गर्दै अगाडि बढ्ने कोसिस गरेका छौ र गरिरहने छौ । पाठकको मागलाई ध्यान राख्नु हाम्रो कर्तव्य हो भने पाठकको रुचि अनुसारको सामग्री पस्किनु हाम्रो जिम्मेजारी र कर्तव्य हो । यसबाट हामी कहिल्यै विचलित भएका छैनौ र हुने पनि छैनौं ।

नेपालमा पछिल्लो समयमा भएको प्रविधिको विकासक्रमले अनलाइन तर्फ सबैको ध्यान तानिनु स्वभाविकै हो । हरेक समाचार र सूचनालाई तुरुन्ता–तुरुन्ती पाठक समक्ष पु¥याउनका लागि अनलाइन सञ्चार माध्यमले ठूलो भूमिका खेलेको छ । अहिले प्रायः व्यक्तिको हातमा मोवाइल हुने र मोवाइलमै मज्जाले समाचार पढ्न तथा श्रव्यदृष्य हेर्न पाइनुले पनि यसको लोकप्रियता बढेको हो । अर्कोतर्फ छिटो छरितो हुनु पनि यसको प्रभावकारिता हो ।

बाहिरबाट हेर्दा जति सहज देखिएपनि पत्रकारिताको यात्रा सहज छैन । सिमित स्रोत र साधनका साथै जनशक्तिका बावजुद पनि हामी अगाडि बढिरहेका छौ । हामीलाई यहाँसम्मको यात्रामा सफलता प्राप्त गर्न हौसला, प्रेरणा र साथ सहयोग गर्ने हाम्रा पाठक र विज्ञापनदाताहरु नै हुनुहुन्छ । त्यसैले प्रथम कृतज्ञता उहाँहरुलाई नै जान्छ । त्यसपछि हामी निक्कै सम्मान गर्छौ हाम्रा लेखक, पत्रकार मित्रहरु र हामीलाई यहाँसम्म ल्याउनका लागि ज–जसले रातदिन नभनि खटिरहनु भएको छ, लक्ष्मीप्रसाद लम्सालदेखि सुरेश आचार्यसम्म । आउँदा दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दै केही परिवर्तनको हाम्रो डिजाइन यहाँहरुलाई कस्तो लाग्यो ? हामीले पस्कने खुराकहरु कस्ता लाग्छन् ? आफ्नो सल्लाह सुझाव दिँदै गर्नुहोला । तपाइँ हामी सँगसँगै छौ ।