Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

हामी चाडै फिल्म बनाउनुपर्छ भन्ने कुराको विपक्षमा छौः दीपकराज

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् ।

मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन हो । यो मानिसका आधारभुत आवश्यकता पुरा भएपछि मात्र जोडिने कुरा हो । कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार छैन । यसैले, यसमा हतार गर्नुपर्छ भन्ने सोचमा हामी छैनौ ।’

कोरोना संक्रमितको संख्या झनै बढ्दै गएकाले पनि चलचित्र चलाउन निर्माता आतिहाल्न नहुने दीपकको तर्क छ ।

यसैले, आफूहरु फटाफट चलचित्र बनाउनुपर्छ भन्ने पक्षमा नभएको दीपकको भनाई छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै चलचित्र विकास बोर्डमा मात्र १८ वटा चलचित्रले निर्माणको इजाजत लिइसकेका छन् । केही चलचित्रका निर्माताहरुले मिडियाको मार्फत चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । सरकारले अनुमति दिएसँगै छायांकन सुरु गर्ने योजना उनीहरुको छ । तर, दीपक–दीपाको टिमले तत्काल चलचित्र बनाइहाल्ने सोच नबनाएको बताएको छ ।