ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि
काठमाडौं ।
जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् ।

ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् । ‘म तपाईसँग अब अरु फाइनल खेल्न चाहन्छु । मैले साँच्चै यसमा इन्जोए गरिनँ । यो मेरो लागि साँच्चै कठिन म्याच थियो,’ ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘यो मेरो लागि साँच्चै प्रेरणादायी रह्यो किनकी म सानो हुँदा तपाईको खेल हेर्ने गर्थें । मैले धेरै सिकेँ, त्यसैले धन्यवाद ।’
पुरुषतर्फको उपाधिका लागि डोमिनिक थिएम र एलेक्जान्डर जेभरेभबीच प्रतिस्पर्धा हुनेछ ।









