चर्चित फुटबलर म्याराडोनाको निधन
- 1.9Kshares
- Viber
- Facebook Messenger
काठमाडौं ।
चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो ।
उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । म्याराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेको थियो । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्यो ।
उनले आफ्नो क्लब क्यारियरमा केबल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले ।
- Total: 1.9K
- Viber
- Facebook Messenger