Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

जिल्ला लिग वैशाख ५ देखि : १४ वर्षमुनीको छनौट २४–२५ मा

सुर्खेत
सुर्खेत जिल्ला पूmटबल संघको आयोजनामा वर्षेनी हुँदै आएको जिल्लास्तरीय लिग पूmटबल प्रतियोगिता सुर्खेतमा आउँदो वैशाख ५ गतेदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल पूmटबल संघ एन्फाको वार्षिक क्यालेण्डरअनुसार प्रतियोगिता आयोजना हुन लागेको हो ।
कम्तिमा १० टीमको सहभागिता रहने प्रतियोगिताको पहिलो चरण लिग तथा दोश्रो चरण नकआउटका आधारमा खेलाइने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।
लिग विजेता टोलीले बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगितापनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लव तथा खेलाडी दुबैका लागि महत्वपूर्ण रहेको उनले बताए ।
सुर्खेतमा पूmटबलप्रति दर्शकको आकर्षण तथा खेलाडीहरुको मनोवल बढाउनका लागि यस वर्षपनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाई छ ।
प्रतियोगितामा सहभागिताका लागि चैत मसान्तसम्म क्लव नविकरण तथा टीम दर्ताको लागि समयसिमा निर्धारण गरिएको छ ।
यसैबीच, एन्फा एकेडेमीका लागि १४ वर्षमुनीका खेलाडीको छनौटपनि यहि चैत २४ र २५ गते गर्न लागिएको महासचिव कार्कीले जानकारी दिएका छन ।
छनौटमा सहभागी हुन चाहने १४ वर्षमुनीका खेलाडीले चैत २४ र २५ गते विहान ७ बजे तथा बेलुकी ५ बजे स्थानीय रंगशालामा उपस्थित भई आप्mनो क्षमता देखाउनुपर्नेछ ।
जिल्लाबाट छनौट हुने उत्कृष्ट खेलाडीले क्षेत्रीय र त्यसपछि राष्टियस्तरको छनौट चरण पार गरे उनीहरुको खान, बस्न, पढाई र पूmटबल प्रशिक्षणको सम्पूर्ण वन्दोवस्त एन्फाले नै गर्ने महासचिव कार्कीको भनाई छ ।
२०६० पुस १७ देखि २०६१ पुस १६ भित्र जन्मिएकाहरुले आप्mनो जन्मदर्ताको प्रमाणपत्र अनिवार्य ल्याएपछि मात्र छनौटमा सहभागी गराइने संघले बताएको छ ।
एन्फाले युवा पूmटबल विकास परियोजनाअन्तर्गत पूmटबल खेल तथा खेलाडीको विकासका लागि वर्षेनी विभिन्न जिल्लाबाट १४ वर्षमुनीका उत्कृष्ट खेलाडी छनौट गर्ने गरेको छ ।